Section 10
पितृ–कार्यको भोजमा नियन्त्रण

(१) कुनै पनि व्यक्तिको मृत्यु उपरान्त गरिने काज किरिया, श्राद्ध एवं अन्य विभिन्न क्रिया गर्दा नजीकको नातेदार र मलामी (गुठियार) बाहेक अरु छरछिमेकी इष्टभित्रहरुमध्येबाट पच्चीस जनाभन्दा बढी व्यक्तिलाई भोजमा आमन्त्रण गर्न हुँदैन ।
(२) उपदफा (१) उल्लंघन गर्नेलाई दश हजार रुपैयाँसम्म जरिवाना वा सात दिनसम्म कैद वा दुवै सजाय हुनेछ ।